८ बैशाख २०८१, शनिबार

भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल पुन: विजयी


प्रेम सुवाल

भक्तपुर । भक्तपुर क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । नेमकिपाका सुवालले नेकपा (एमाले) का नवराज गेलाललाई तेब्बर भन्दा बढी फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

नेमकिपाका सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ८३४ मत ल्याएर दोस्रो स्थानमा रहे ।

यस्तै राप्रपाका भरत खड्काले ९ हजार २२२ मत पाएर तेस्रो स्थानमा रहे । यद्यपि सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !