कास्की-२ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित Nepalpatra कास्की-२ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित
१४ मंसिर २०७९, बुधबार

कास्की-२ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित


विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार ९९८ मतसहित पुनः निर्वाचित भएकी छन् ।

उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् । भट्टराईले ४ हजार ५०३ मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।

यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले भने ९ हजार ६५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !