४ बैशाख २०८१, मंगलबार

गोरखा–२ बाट प्रचण्ड दोब्बर भन्दा बढी मतान्तरले विजयी


प्रचण्ड

गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फराकिलो दोब्बर भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

प्रचण्डले आफ्ना प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ३६६ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।प्रचण्डले २६ हजार १०३ मतले प्राप्त गरेर विजयी भएका हुन् भने बुर्लाकोटीले १२ हजार ६३७ मत मात्र ल्याएका छन् ।

त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा सीमित रहे । उनले ७ हजार ३९३ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !