७ बैशाख २०८१, शुक्रबार

नवलपुर-१ बाट वीपी पुत्र डा. शशांक चौथोपटक निर्वाचित


डा. शशांक कोइराला

कावासोती । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा महामानव वीपी कोइरालाका पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चौथोपटक निर्वाचित भएका छन् । उनले २७ हजार १२६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्ण पौडेलले २५ हजार ४४ मत मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ प्राप्त गरेर तेस्रो स्थानमा सीमित रहेका छन् ।

कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् । उनी २०६४, २०७०, २०७४ र यो पटक गरी सोही निर्वाचन क्षेत्रबाट लगातार चौथो पटक विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !