१३ बैशाख २०८१, बिहिबार

पर्सा १ बाट जसपाका प्रदीप यादव निर्वाचित


प्रदीप यादव

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव निर्वाचित भएका छन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले २२ हजार ५३७ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन् । नेकपा एमालेको साथले पुनः निर्वाचित भएर यादवलाई संघीय संसद प्रवेश गर्ने ढोका खुला भएको हो । यस्तै राप्रपाका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु