१३ बैशाख २०८१, बिहिबार

सागर ढकाललाई हराउँदै प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित


शेरबहादुर देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवाले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई लगभग दोब्बर फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

आज बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् भने ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

देउवाले स्वतन्त्र उम्मेदवार ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे ।

प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको निर्वाचित भएका हुन् । प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुदै आएका हुन् ।

देउवा २०४८ को संसदीय निर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए ।

यस्तै प्रधानमन्त्री देउवा २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचन र २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचन र२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि डडेल्धुराबाट नै निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !