नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट उदयशमशेर राणा निर्वाचित Nepalpatra नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट उदयशमशेर राणा निर्वाचित
१४ मंसिर २०७९, बुधबार

नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट उदयशमशेर राणा निर्वाचित


उदयशमशेर राणा

काठमाडौं । ललितपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा निर्वाचित भएका हुन् ।

तरुण दलका सभापति भइसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणा दोस्रोपटक ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का मधुसूदन पौडेललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

तर २०७४ सालमा भएको संघीय संसदको निर्वाचनमा उनी एमालेका नवराज सिलवालसंग पराजित भएका थिए । बिगतमा उनी अर्थ राज्यमन्त्रीमा समेत भएका थिए । यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !