काठमाडौँ-५ : एमालेका ईश्वर पोखरेल हराउँदै काँग्रेसका प्रदीप पौडेल निर्वाचित Nepalpatra काठमाडौँ-५ : एमालेका ईश्वर पोखरेल हराउँदै काँग्रेसका प्रदीप पौडेल निर्वाचित
१५ मंसिर २०७९, बिहिबार

काठमाडौँ-५ : एमालेका ईश्वर पोखरेल हराउँदै काँग्रेसका प्रदीप पौडेल निर्वाचित


प्रदीप पौडेल

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको निर्वाचित भएका छन् । काँग्रेसका पौडेलले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई ५ हजार ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका प्रदीप पौडेलले १५ हजार २३७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत ल्याएका छन् । यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको सो क्षेत्रमा ४५ हजार ९९७ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !