ताप्लेजुङमा योगेशलाई पछि पार्दै खेलप्रसादको अग्रता कायमै Nepalpatra ताप्लेजुङमा योगेशलाई पछि पार्दै खेलप्रसादको अग्रता कायमै
२२ मंसिर २०७९, बिहिबार

ताप्लेजुङमा योगेशलाई पछि पार्दै खेलप्रसादको अग्रता कायमै


खेलप्रसाद बुडाक्षेत्री र योगेश भट्टराई

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले नेकपा एमालेका योगेश भट्टराईलाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार बुडाक्षेत्री एमालेका भट्टराई भन्दा ५५६ मतले अगाडि रहेका छन् भने भट्टराईले बुडाक्षेत्री लगातार पछ्याइरहेका छन् ।

४१२१ मत गणना हुँदा बुडाक्षेत्रीले २१६१ मत ल्याएका छन् भने एमालेका भट्टराईले १६०५ मत प्राप्त गरेका छन् । अहिलेसम्म फक्ताङलुङ गाउपालिका-७ ओलाङचुङ गोला, लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक, पाथीभरा याङवरक-४ डुम्रिसेको गणना भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !