७ बैशाख २०८१, शुक्रबार

उदयपुर क्षेत्र नं २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित


अम्बरबहादुर रायमाझी

काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएपछि एमालेलाई उक्त क्षेत्रमा जित हासिल गर्न सहज भएको हो । उक्त निर्वाचन क्षेत्रबाट रायमाझी पहिलो पटक निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !