११ बैशाख २०८१, मंगलबार

ताप्लेजुङमा योगेश भट्टराईले लिए सुरुआती अग्रता


खेलप्रसाद बुढाक्षेत्री र योगेशकुमार भट्टराई

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराईले सुरुआती अग्रता लिएका छन् । केही समयअघि सुरु भएको मतगणनामा एमालेका भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका हुन् ।

जिल्लाको फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १०९ मत गन्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् ।

गणना भएको १०९ मत गणना हुँदा ४ मत बदर भएर १०५ मत सदर हुँदा एमालेका भट्टराईले माओवादीका बुढाक्षेत्री भन्दा ३५ मत बढी ल्याएका हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले २ मत, जसपा नेपालका चन्द्र मादेनले १ मत र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !