४ बैशाख २०८१, मंगलबार

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो, चौधरी विजयी


गंगाराम चौधरी

टीकापुर । प्रतिनिधिसभा निर्वाचनको कैलाली कैलाली क्षेत्र नं ३ बाट रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।

कैलाली क्षेत्र-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।

गंगारामले कृष्णकुमारलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८७४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । त्यस्तै राप्रपा उम्मेदवार वीरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् ।

संसदीय राजनीतिमा पहिलो पटक प्रवेश गरेको देशको सुदूरपश्चिम प्रदेशमा केन्द्रित नागरिक उन्मुक्ति पार्टीले उक्त प्रदेशमा गत स्थानीय तहको निर्वाचनमा पनि सुदूरपश्चिमका केही जिल्लामा बलियो उपस्थिति देखिएको थियो । यसबाट थाहा हुन्छ की वर्तमान पुरातनवादी दलबाट जनता वाक्कदिक्क भएर नयाँ पार्टीलाई विजय गराएर नयाँ दलको उदयको सन्देश दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !