८ बैशाख २०८१, शनिबार

बागमतीका निवर्तमान सभामुख श्रेष्ठलाई पराजित गर्दै राप्रपाका केसी विजय


सुनिल केसी र सानुकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेर विजय भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले केसीले ६ हजार ५९८ मत ल्याएर विजय भएका हुन् भने एमालेका श्रेष्ठले ५ हजार ७९ मत प्राप्त गरेका छन् ।

केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । यस्तै काँग्रेसका उम्मेदवार ध्रुव केसीले ३ हजार ८४७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !