लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै Nepalpatra लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै
१३ मंसिर २०७९, मंगलबार

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै


देवप्रसाद गुरुङ र पृथ्वीसुब्बा गुरुङ

लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने, “ गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।”

जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !