सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको अग्रता कायमै Nepalpatra सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको अग्रता कायमै
२२ मंसिर २०७९, बिहिबार

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको अग्रता कायमै


शेरबहादुर तामाङ र मोहनबहादुर बस्नेत

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन् ।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उनले तीन हजार ३५ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !