८ बैशाख २०८१, शनिबार

ललितपुर-२ बाट एमालेले खाता खोल्यो, प्रेम बहादुर महर्जन विजयी


प्रेम बहादुर महर्जन

ललितपुर । नेकपा एमालेले ललितपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा खाता खोलेको छ । ललितपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेम बहादुर महर्जन विजयी विजयी भएका छन् ।

आज सोमबार राति सकिएको मत गणनाअनुसार एमालेका महर्जनले १९ हजार ८३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । महर्जनले शाक्यलाई ९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याएका छन् । यद्यपि निर्वाचन आयोगले अझसम्म औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !