१३ बैशाख २०८१, बिहिबार

मुस्ताङको प्रदेशसभा (२) मा पनि कांग्रेसका विकल शेरचन विजयी


विकल शेरचन

गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मत सहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य थिए । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !