मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ विजयी Nepalpatra मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ विजयी
१३ मंसिर २०७९, मंगलबार

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ विजयी


नम्डु गुरुङ

गण्डकी । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !