तनहुँ क्षेत्र नं. २ : कांग्रेसका शंकर भण्डारीको अग्रता Nepalpatra तनहुँ क्षेत्र नं. २ : कांग्रेसका शंकर भण्डारीको अग्रता
१८ मंसिर २०७९, आइतबार

तनहुँ क्षेत्र नं. २ : कांग्रेसका शंकर भण्डारीको अग्रता


शंकर भण्डारी र किरण गुरुङ

दमौली । तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शंकर भण्डारीले अग्रता लिएका छन् ।

हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन् ।

नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ । जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !