१२ बैशाख २०८१, बुधबार

काठमाडौं क्षेत्र नं. ८ : रास्वपाका श्रेष्ठलाई पछ्याउँदै सायमी


विराजभक्त श्रेष्ठ र सुमन सायमी

काठमाडौँ । काठमाडौं क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । उक्त क्षेत्रको जारी मतगणनामा रास्वपाका उम्मेदवार श्रेष्ठलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले श्रेष्ठलाई पछ्याइरहेका छन् ।

पछिल्लो परिणामअनुसार रास्वपाका श्रेष्ठले ६११ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका सायमीले ६०३ मत ल्याएका छन् । सो क्षेत्रमा एमाले तेस्रो स्थानमा रहेको छ लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चौथो स्थानमा छन् ।

यस्तै एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत ल्याएका छन् भने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !