एमाले अध्यक्ष ओलीको क्षेत्र झापा ५ मा मतगणना शुरु Nepalpatra एमाले अध्यक्ष ओलीको क्षेत्र झापा ५ मा मतगणना शुरु
१९ मंसिर २०७९, सोमबार

एमाले अध्यक्ष ओलीको क्षेत्र झापा ५ मा मतगणना शुरु


केपी शर्मा ओली र खगेन्द्र अधिकारी

गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ ।

झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !