१३ बैशाख २०८१, बिहिबार

निर्वाचनमा आज मतदानको निर्धारित समय सकियो


मतदान

काठमाडौं । अहिले बेलुकीको ५ बजे सकेकोले मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकेअनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।

निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।

देशभरका ७५ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १०२ राउण्ड हवाइ फायर गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभरका ७५ मतदान केन्द्रमा ३५ राउण्ड हवाई फायर भएको हो ।

दाङ-३ को तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ । मतदानको क्रममा विवाद हुँदा केही घण्टा मतदान रोकिएकाले बेलुका ७ बजेसम्मै मतदानको हुने भएको हो ।

यद्यपि बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ । मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !