७ बैशाख २०८१, शुक्रबार

बाजुरामा मतपत्र जलाएपछि मतदान स्थगित


बाजुरामा मतपत्र

बाजुरा । बाजुरा जिल्लामा मतपत्र जलाएपछि मतदान स्थगित भएको छ । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभुत विद्यालय मतदानस्थलको एउटा मतपेटिकामा आगो लगाइएको हाे ।

उक्त मतदान केन्द्रमा रहेको प्रदेशसभाको समानुपातिक तर्फको ‘क’ बुथमा मतपेटिकाभित्रै मतपत्रमा आगलागी भएको हो । मतपेटिकाभित्रै आगो बलिसकेपछि मात्र देखिएको प्रहरीले जानकारी दिएको छ ।

कसले आगो लगाएको भन्ने अहिलेसम्म खुलिसकेको छैन् । अहिले सो मतदानस्थलको सम्पूर्ण मतदान प्रकिया स्थगित गरिएको छ । कुल ८४० जना मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !