पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित Nepalpatra पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित
२२ मंसिर २०७९, बिहिबार

पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित


पटका पड्किँदा फाइल फोटो

विराटनगर । पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदान स्थगित भएको हो ।

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रहरीले जनाएको छ । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।

विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा अहिलेसम्म यकिन हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !