७ बैशाख २०८१, शुक्रबार

सिराहामा मतपेटिका खोसाखोस भएपछि प्रहरीले चलायो गोली


झडप

सिराहा । सिराहा जिल्लामा मतपेटिका खोसाखोस भएपछि प्रहरीले गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिका-६ को मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा दुई पक्षका कार्यकर्ताबीच विवाद बढेर मतपेटिका खोसाखोस भएपछि गोली चलेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो । स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगित भएपनि पुन मतदान सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !