८ बैशाख २०८१, शनिबार

नयाँ विद्यार्थी भर्ना नगर्नु, अनलाइन कक्षाको शुल्क नलिनु : शिक्षा मन्त्रालय


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

वैशाख २२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी भर्नाको नाममा शुल्क नलिन, परीक्षाको कार्यक्रम सञ्चालन नगर्न र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन र बैंकमा पैसा जम्मा गर्न नलगाउन निर्देशन दिएको छ ।

लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेतापनि विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् । मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।

कोराना भाइरसको जोखिम कायमै रहेका तत्कालका लागि कुनै पनि शैक्षिक गतिवधि नगर्न मन्त्रालयले सुचित गरेको हो । विद्यालयहरुले अहिले कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिरहेका छन् । मन्त्रालले कक्षा १०, ११ र १२ को परीक्षाको सर्न्दभमा पनि कुनै पनि निर्णय नभएको जनाएको छ ।

सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । संस्थागत विद्यालयउहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क मध्य आवास शुल्क बाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

नयाँ विद्यार्थी भर्ना नगर्नु, अनलाइन कक्षाको शुल्क नलिनु : शिक्षा मन्त्रालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !