१२ बैशाख २०८१, बुधबार

सिकाइ निरन्तरता


विद्यालय

चितवन, ११ वैशाख । जिल्लामा रहेका सम्पूर्ण विद्यालयले सिकाइकलाई निरन्तरता दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा आज यहाँ बसेको नगर शिक्षा अधिकारीको बैठकले लामो समय सम्म विद्यालय बन्द हुँदा छात्र/छात्रा नकारात्मक असर पर्ने भन्दै सिकाइलाई निरन्तरता दिने निर्णय भएको हो ।

एकाइका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा रहेका ५ सय १९ वटा विद्यालयका छात्र/छात्रालाई अध्ययन गर्ने बानिलाई निरन्तरता दिन सिकाइको कामलाई निरन्तरता दिन लागिएको हो । सदरमुकाममा रहेका र ईन्टरनेटको पहुँचमा रहेका छात्र/छात्रा अनलाईन कक्षा सञ्चालन गर्ने र ईन्टरनेटको पहुँचमा नरहेकालाई तोकिएको स्थानमा सामाजिक दुरी कायम गरी पठनपाठन गराउने वा संञ्चार माध्यमको सहायताले सिकाइको काम गर्न लागिएको हो ।

छात्र÷छात्राको सिकाइलाई ध्यानमा राख्दै जिल्लाका सबै विद्यालयहरुले यही वैशाख १७ गते सम्म नतिजा सार्वजानिक गरी सिकाइको काममा लाग्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सरकारले कोरोना भाईरसको जोखिम हुन नदिन लकडाउन जारी राखेपछि छात्र÷छात्रालाई घरमा बसेर अभिभावकको कुरा नमान्ने भएका कारण सिकाइका लागि विभिन्न बिधिबाट कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश शिक्षा निर्देशनालयबाट समेतछात्र/छात्राको सिकाइलाई निरन्तरता दिन निर्देशन भए अनुसार सिकाइको काम संञ्चालन गर्न लागिएको प्रमुख सुुवेदीले बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा तीनसय ४८ सामुदायिक र एक सय ७१ संस्थागत विद्यालय रहेका छन् । ती विद्यालयमा २ लाख ७५ हजार ७९ छात्र÷छात्रा अध्ययन गर्दछन् । ती सबै विद्यालयले कुनै न कुनै माध्यमबाट विद्यार्थीहरुलाई सिकाईको काम गर्ने उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !