१३ बैशाख २०८१, बिहिबार

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण


भानुभक्त ढकाल

काठमाडौँ, २५ चैत । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गर्नुभयो ।

भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै उहाँले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई÷दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोसिस भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकामा खुशी प्रकट गर्नुभयो । हस्तान्तरणलगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेद्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामग्री सम्बन्धित जिल्लामा पठाउने काम शुरू भएको जानकारी दिनुभयो । पिपिई यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताउनुभयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !