११ बैशाख २०८१, मंगलबार

परीक्षाफल प्रकाशित


पोखरा विश्वविद्यालय

१३ पुस, पोखरा । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल आज प्रकाशन गरेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बिबिए, बिबिए-बिआई, बिबिए-टिटी, बिएचएम, बिएचसिएम, र बिसिआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बिसिए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !