१३ बैशाख २०८१, बिहिबार

विद्यार्थीलाई अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने मेडिकल कलेजको दावी


१० मंसिर, काठमाडौं । निजी मेडिकल कलेजले विद्यार्थीहरुसंग तोकेभन्दा बढी शुल्क लिइएको विषयमा आन्दोलन गर्दै आइरहेको बेलामा मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् ।

एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् । विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको बताए । गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्कमध्येबाटै सरकारलाई राजस्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने उनीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !