१२ बैशाख २०८१, बुधबार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ‘बिहिवार’ सार्वजनिक गरेको छ ।

गत चैत १० गतेको एसईईको परिक्षामा ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो ।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ । यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

रिजल्ट एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ ।

नेपाल टेलिकमको सिमकार्ड नम्बरको मोबाइलबाट पछि अक्षरसहितको सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । ३१००३, ३१००७, ३४९४९, ३५००१ मा आफ्नो पछाडिको अक्षरसहितको सिम्बल नम्बर एसएमएस पठाएपछि नतिजा हेर्न सकिनेछ ।

उल्लेखित वेवसाइटहरु बाट पनि परीक्षा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । वेवसाइटहरुमा http://www.doe.gov.np/ http://moe.gov.np/ हेर्न सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !