८ बैशाख २०८१, शनिबार

सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण


School

राजविराज, ३० वैशाख । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो ।

नेपाली सेनाको वार्षिक कार्यक्रमअन्तर्गत भीमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४५० लाई खानेपानीको लागि डिप बोरिङ जडान तथा तिलाठी कोइलाडीमा स्वास्थ्य, विपद्सम्बन्धी जनचेतना तथा सांस्कृतिकजस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको भीमदल गणका प्रमुख सेनानी कुँवरले जानकारी दिनुभयो ।

विसं २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।

पोखरीमा छटीघाटको शिलान्यास

सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियामा पुरनी पोखरीमा छटी घाटको शिलान्यास गरिएको छ । छटीघाट निर्माणका लागि सांसद साझेदारी कार्यक्रमबाट रु १५ लाख रकम निकासा भइ छटीघाट निर्माण गर्न लागिएको सांसद सरिता गिरी यादवले बताउनुभयो ।

आफू जहिले पनि विकासको पक्षमा रहेको हुँदा विकास निर्माणको कार्य पारदर्शी ढङ्गबाट छिटो छरितो तरिकाले सम्पन्न गर्ने प्रयासमा रहेको उहाँले बताउनुभयो । १०७ वर्षीय ज्येष्ठ नागरिक फुलो झाले छटीघाटको शिलान्यास गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !