१२ बैशाख २०८१, बुधबार

बढी शुल्क नलिन निजी विद्यालयलाई नगरपालिकाको निर्देशन


विद्यालय

भक्तपुर, २३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी विद्यालयलाई महँगो शुल्क नलिन आग्रह गर्नुभएको छ । प्याब्सन भक्तपुर नगर समितिलाई नगरपालिकामा बोलाएर उहाँले शिक्षालाई व्यापारका रुपमा नलिएर सेवाका रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

कानून र संविधानको पालना सबैको हितमा हुने तथा सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षा व्यापार होइन, सेवा हो र शिक्षा एवं स्वास्थ्यमा राज्यले बढी लगानी गरी सबै जिम्मेवारी बन्नुपर्छ ।” उहाँले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृति पढ्ने विद्यार्थीका लागि नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।

प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले नगर शिक्षा शाखाले निर्धारण गरेको शुल्क व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै छात्रवृत्ति पाउने विद्यार्थीको पहिचान र शुल्क निर्धारणमा कठिनाइ आएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !