८ बैशाख २०८१, शनिबार

द ह्वाइट माउन्टेन स्कुलमा ३ दिने राजयोग शिविर सम्पन्न


राजयोग शिविर

२३ चैत, काठमाडौँ । काठमाडौं उपत्यकाको ग्राण्डी अन्तरार्ष्ट्रिय अपस्तालको नजिक टोखा न.पा.-६, हरियाली वस्ती धापासीको एकदमै शान्त वातावरणमा अवस्थित द ह्वाइट माउन्टेन स्कुलमा चैत्र २० गते बुधवारदेखि शुरु भएको ३ दिने राजयोग शिविर आज बिहान सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र, टोखा-५, बसुन्धाराको आयोजनामा “सुख, समृद्धि र खुशियाली जीवनको लागि राजयोग मेडिटेशन” विषयक त्रिदिवसीय शिविर कार्यक्रम उक्त स्कुलको प्राङ्गणमा भएको हो ।

उक्त शिविर कार्यक्रममा ब्रह्माकुमार रमण भट्टराईज्यूले राजयोग विषयमा प्रवचन दिनु भएको थियो । उद्घाटन समारोहमा पूर्व सचीव आत्मराम पाण्डे, टोखा न.पा.-६, का जनप्रतिनिधिहरु, समाजका लव्ध प्रतिष्ठित ब्यक्तिहरु, स्कुलका शिक्षकहरु र विद्यार्थीहरु, अभिभावकहरु सवैको उपस्थिति रहेको थियो । साथै उक्त शिविरमा जेष्ठ नागरिकहरु तथा महिलाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

राजयोग शिविर

उक्त कार्यक्रममा यस स्कुलका संस्थापक प्रिन्सिपल तिलक शर्मा पौडेलले प्रत्येक व्यक्ति तथा भविष्यका कर्णधार विद्यार्थीहरुलाई यदि संस्कारयुक्त, नैतिकवान बनाउन सकेमा मात्र भविष्यमा अविभावकहरु तथा स्वयम् विद्यार्थीहरुको भविष्य उज्जवल भई आदर्श समाजको परिकल्पना गर्न सकिने बताउनुहुन्छ । उक्त स्कुलले समय समयमा यस्ता योग ध्यान कक्षा तथा नेतृत्व विकास तालिम जस्ता कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

राजयोग शिविर

विद्यार्थीहरुलाई नैतिकवान् र चरित्रवान् बनाउन यस स्कुलले संस्कारयुक्त सार्थक शिक्षा दिदै आएको छ । अनुशासित, नैतिकवान्, चरित्रवान, बौद्धिक, लगनशील र मानवीय गुणयुक्त विद्यार्थीको कल्पना गरी देश र समाजलाई गुन लगाउने सोच यस विद्यालयको रहेको छ । बालबालिकामा भएको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने कार्यमा एक कुशल सहजकर्ताको रुपमा यस विद्यालयले अहम् भूमिका खेल्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !