१३ बैशाख २०८१, बिहिबार

एसइई परीक्षा आजदेखि शुरु


एसइई परीक्षा

१० चैत, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचना अनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी बोर्डले लिएको छ ।

परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गत वर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरिएको छ । परीक्षामा साधारण तर्फको अनिवार्य छ विषयका फरक-फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !