१२ बैशाख २०८१, बुधबार

लायन्स क्लबद्वारा विद्यालयलाई एक सय ५० थान ड्रेस र झोला सहयोग गर्दै


lions

६ मङ्सिर, काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले एक सय ५० थान ड्रेस र एक सय ५० थान झोलासहित अन्य सामाग्री विद्यालयलाई सहयोग गर्ने भएको छ ।

उदयपुरको कटारी नगरपालिका १० सोरुङ्ग छबिशे चिप्टारमा रहेको श्री शंकरभेल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये आर्थिकस्तर कम्जोर भएका विधार्थीहरुलाई सहयोग साथै सास्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

उक्त विद्यालयका विव्यसका अध्यक्ष भोज कुमार मगर, शिक्षक प्रतिनिधि दामन्दर श्रेष्ठ र गायक तथा मोडेल मनिश श्रेष्ठको विशेष पहलमा यहि पौषको दोस्रो हप्ता सहयोग गर्न लागेको विव्यसका अध्यक्ष श्रेष्ठले बताए ।

कटारीको पश्चिम क्षेत्र सुनकोशीको तिरमा रहेको उक्त विद्यालय यातायात, संचारदेखि वन्चित रहेको अध्यक्ष श्रेष्ठले बताए ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले पछिल्लो समयमा विभिन्न विकट क्षेत्रहरुमा सहयोग गर्दै आएको छ । साथै रक्तदान तथा मुटु रोगहरु सम्बन्धि निसुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।

त्यस्तैगरी भिजन पोलिक्लिनिकले पनि उक्त विद्यालय अध्ययनरत एक सय ५० जना विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !