७ बैशाख २०८१, शुक्रबार

कार्यदल गठन


Nepalpatra

७ भदौ, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह एमबीबीएस तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकार र चिकित्सक डा. गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ ।

स्वास्थ्य शिविर

नेपाल रेडक्रस सोसाइटी र सशस्त्र प्रहरी बल अस्पतालद्वारा संयुक्तरूपमा नाक, कान, घाँटी स्वास्थ्य परीक्षण बलम्बुमा शिविर गरिएको छ ।

तीनदिने सो शिविरमा परीक्षणपछि कानको जटिल समस्या देखिएका बिरामीलाई सुन्न सहयोग हुने यन्त्रसमेत वितरण गरिने जनाइएको छ ।

शिविर शुभारम्भ गर्दै नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद उमेशप्रसाद ढकालले विसं ०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पपछि सोसाइटीले करीब ३५ लाख मानिसलाई मानवीय सहयोग उपलब्ध गराएको चर्चा गर्दै मानवीय सहयोगअन्तर्गत भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, स्वास्थ्य सेवा, विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।

उक्त अस्पतालका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशचन्द्र अधिकारीले मानवीय सेवाका विविध क्षेत्रमा नेपाल रेडक्रससित अस्पतालले सहकार्य गरी अगाडि बढ्ने चर्चा गर्नुभयो ।

ब्रिटिश रेडक्रसका भूकम्प पुनर्लाभ कार्यक्रमका संयोजक रुसिकेश हरिशचन्दले आफ्नो संस्थाले विनाशकारी भूकम्पबाट काठमाडाँै, ललितपुर र भक्तपुरका १४ हजार प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरेको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !