८ बैशाख २०८१, शनिबार

दलित सशक्तिकरण र मदरसा शिक्षा बोर्ड सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति


Nepalpatra

११ साउन, धनुषा । कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं २ सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

प्रदेश नं २ मन्त्रिपरिषद्ले दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम समुदायले दिइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरी मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि सोमबार मात्र प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगसहित ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !