१० चैत्र २०८१, आइतबार

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त


मधेश कृषि विश्वविद्यालय

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गरिएको छ । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको हो ।

हिजो मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. महतो र रजिष्ट्रार ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको मधेस प्रदेश मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले २०८१ मंसिर २१ गते विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेका थियो भने त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !