
काठमाडौँ । द हवाइट माउन्टेन स्कुल, धापासी, काठमाडौँको बार्षिक खेल सप्ताह सम्पन्न भएको छ । द हवाइट माउन्टेन स्कुलमा यही पौष महिनाको २१ गतेदेखि २५ गतेसम्म विविध खेल कार्यक्रम संचालन भएको थियो ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि, टोखा नगरपालिका-६ की वडाध्यक्ष शान्ता पौडेल विशेष अतिथि रहेको उक्त कार्यक्रम विद्यालयका संस्थापक तिलक शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो खेल कार्यक्रमबाट विद्यार्थीहरुले नेतृत्व विकास, क्षमता वृद्धि हुनुका साथै विभिन्न खेलका सीपहरुको जानकारी प्राप्त गरेका थिए । विजेता खेलाडी विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो पनि पढ्नुहोस्
विद्यार्थीमा सिप र संस्कारको बहस : सिपयुक्त शिक्षा र सँस्कारयुक्त विद्यार्थी