६ बैशाख २०८१, बिहिबार

त्रिविमा आज आइतबारदेखि हिउँदे बिदा सुरु


त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आज आइतबारदेखि हिउँदे बिदा सुरु भएको छ । त्रिविले जाडो बढेसँगै आजदेखि हिउँदे बिदा गर्ने भएको हो ।

त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज पुस १७ गतेदेखि हिउँदे बिदा दिएको हो । त्रिवि कार्यकारी परिषद्ले आज पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !