७ बैशाख २०८१, शुक्रबार

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्ड बैठक बोलाइएको छ । आज शुक्रबार अपराह्न साढे ४ बजेका लागि परीक्षा बोर्डको बैठक बोलाइएको हो ।

परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताएका छन् । परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।

हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !