७ बैशाख २०८१, शुक्रबार

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द गर्ने निर्णय


पठनपाठन

बैतडी । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहलाई पत्र लेख्दै कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिश र सङ्घीय सरकारबाट निर्देशन भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो । सो निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, कलेज सञ्चालन गर्न पाइने छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !