८ बैशाख २०८१, शनिबार

शिक्षक अस्पताल चितवनमा बन्ने मन्त्री पौडेलको दावी


देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने बताएका छन्। मन्त्री पौडेलले यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् ।

“शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैंठकमा लैजान्छौं ।”, मन्त्री पौडेलले भने।

जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने र कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने मन्त्री पौडेलको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !