८ बैशाख २०८१, शनिबार

‘नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२’ को लागि आवेदन आव्हान


नबिल बैंक

काठमाडौँ । ‘नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२’ को लागि आवेदन आव्हान गरिएको छ । नबिल फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सग सम्झौता बैंकले गरेको छ ।

यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ ।

संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यो कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

'नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२' को लागि आवेदन आव्हान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !