१३ बैशाख २०८१, बिहिबार

आरआर क्याम्पसमा चिट चोर्न नदिएपछि प्राध्यापकमाथि प्रहार


आरआर क्याम्पस

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार प्राध्यापकमाथि आक्रमण भएको छ । चिट चोर्न रोक्न खोज्दा प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ ।

स्रोतका अनुसार प्राध्यापक पुडासैनीको टाउकोमा गम्भीर चोट लागेको छ । प्राध्यापक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ ।

क्याम्पसमा आज बिहान ३० नम्बरका लागि स्नातक प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहँदा एक छात्राले चिट चोरेको देखेपछि सोसलवर्क विषय पढाउने प्राध्यापक पुडासैनीले छात्रालाई रोकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !