८ बैशाख २०८१, शनिबार

चीनमा अध्ययनरत विद्यार्थीले दिए चिकित्सा शिक्षा आयोगमा धर्ना


चीनमा अध्ययनरत विद्यार्थीले दिए चिकित्सा शिक्षा आयोगमा धर्ना

भक्तपुर । नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् ।

कोरोना महामारीका बेला चीनको वुहान शहरबाट फर्केका नेपाली विद्यार्थीले आज आयोगको कार्यालय अगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए ।

यसअघि हिजो नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका उनीहरुले कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको अवस्थामा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकार पक्षसँग पटक-पटक ध्यानाकार्षण गराएको बताउदै उनीहरुले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालय समेतले आफ्नै देशमा इन्टर्नसिप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !