१३ बैशाख २०८१, बिहिबार

कक्षा १२ को परीक्षा साउनभित्र सञ्चालन गरिने


परीक्षा मापदण्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको स्रोतले बतायो ।

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

स्रोतका अनुसार बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ । गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो । यस वर्ष भने सबै लिखित परीक्षा लिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !