८ बैशाख २०८१, शनिबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । अन्तत: यस वर्षको एसईई र कक्षा १२ को पूर्वनिर्धारित परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसरी एसईई र कक्षा १२ को परीक्षा स्थगित भएसँगै बिद्यार्थीको भविष्य अन्योल भएको छ ।

यसअघि नै बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे ।

अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !