७ बैशाख २०८१, शुक्रबार

जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति


एसइई

जुम्ला, ५ भदौ । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो । डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महङ्गो तिरेर पढ्न बाध्य थिए । अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि यहाँ निकै उत्साह देखिएको छ ।

कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशाकुमारी श्रेष्ठ डिप्लोमा इन फार्मेसी पढ्न तराईका जिल्लामा जानुपर्ने बाध्यता टरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सस्तो, सुलभ र गुणस्तरीयरुपमा जुम्लामै औषधि विज्ञानको (डिप्लोमा इन फार्मेसी) पठनपाठन हुनेछ । यो समग्र कर्णालीको लागि निकै सुखद् पक्ष हो ।” यो तीनवर्षे कोर्ष हुनेछ । कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो । टेस्टपास (१० कक्षा) एसएलसीदेखि डिप्लोमा तह सम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ । शिक्षालय प्रमुख श्रेष्ठले भन्नुभयो, “तीन वर्षमा रु. ९५ हजार ६६० सम्म खर्च हुनेदेखिन्छ । यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ ।”

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ । जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २÷२ जना हुनेछन् । चार जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन् । १४ सिट समानुपातिक ढङ्गबाट भर्ना गरिने छ । यहाँ अध्यययन गरेका ९५ प्रतिशत विद्यार्थी सरकारी जागिरे छन् । केही कसैले आफ्नो पेशा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् । डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ । प्राविधिक शिक्षालयले टेस्टपास एसएलसीअन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तहअन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम सञ्चालनमा छन् ।

लाखौँ रकम खर्चेर महङ्गा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भन्नुभयो्, “यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ । यहाँको जनशक्ति देशभर छरिएर सेवा गरिरहेको छ । यो कर्णालीका लागि सकरात्मक पक्ष हो ।” कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन । सदरमुकाम खलङ्गा पुग्ने जो सुकैले एक पटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन् । यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा प¥याएको छ । कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !